Skip to content

सलाम छ मेरो

लजाउदै जानीलाई सलाम छ मेरो
ती रुपकी खानीलाई सलाम छ मेरो

कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उनको आनी-बानीलाई सलाम छ मेरो

चट्ट जीउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो

सूर्य पनि गौण भयो लौन उनी सामु
आजको यो बिहानीलाई सलाम छ मेरो

फर्किएर हेरिदिंदा बाँच्ने चाह बढ्यो
जिन्दगीकी दानीलाई सलाम छ मेरो

भुईचालो ल्याईदिने मनमा “अनुभव”को
पोखरेली नानीलाई सलाम छ मेरो

लजाउदै जानीलाई सलाम छ मेरो
ति रुप कि खानीलाई सलाम छ मेरो

लेखनाथ-४ नेपाल
www.myanubhav.wordpress.com

5 thoughts on “सलाम छ मेरो”

  1. कल्पनाको उज्यालो चित्र कोर्नु

    कल्पनाको उज्यालो चित्र कोर्नु भएको छ गज़ल भित्र
    बधाई छ तपाइलाई
    अनि शुभकामना पनि
    साहित्य अन्तरिक्षमा सफल प्रक्षेपणको लागि

    आशांक उपाध्याय
    नेपाल

  2. भुईचालो ल्याईदिने मनमा
    भुईचालो ल्याईदिने मनमा “अनुभव”को
    पोखरेली नानीलाई सलाम छ मेरो

    Anubhab jee babbal chha pokharaa ki nanilaai salam didai hamilaai manoranjan garaunu bhaeko maa
    feri feri pani yastai rachanaharu padhna paau Thanks.

  3. wao anubhav ji……….
    wao anubhav ji………. salam meropani hajurlai. chha sabai sherle lajaidai yehibhanchha may ko bhakarima aau….

  4. आशांक जि, वान्तवा जि, अतिथी
    आशांक जि, वान्तवा जि, अतिथी मित्र अनी मनोज जि प्रतिकृयाको लागि सहृदय धन्यवाद ब्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *