Skip to content

उनीले भनिन्

निवेदन छ जीवनमा टेवा दिन पाऊँ
बिन्ती “अनु” हजुरलाई सेवा दिन पाऊँ

मुहारमा मुस्कान छर्न, खुशीहरु समेटेर
रुपा, बेगनाश, रारा अनि फेवा दिन पाऊँ

ईश्वरलाई दे’खी छैन, भा’को हजुर मेरो
पूजा गर्दै प्रसाद रुपी मेवा दिन पाऊँ

अनुनय बिनय यो स्वीकार गर्नुहोला
जोबन मेरो जीवन मेरो पेवा दिन पाऊँ

निवेदन छ जीवनमा टेवा दिन पाऊँ
बिन्ती “अनु” हजुरलाई सेवा दिन पाऊँ

4 thoughts on “उनीले भनिन्”

  1. मुहारमा मुस्कान छर्न, खुशीहरु
    मुहारमा मुस्कान छर्न, खुशीहरु समेटेर
    रुपा, बेगनाश, रारा अनी फेवा दिन पाउ

    अनुभब जि,
    गजल उत्कृष्ट लायो

    निर्मला थापा,

  2. धन्यवाद निर्मला जि
    धन्यवाद निर्मला जि प्रतिकृयाको लागि

  3. Anubhav ji gajal rochak
    Anubhav ji gajal rochak chha
    abasye nai tapaiko manko chahana purahunechha

    निवेदन छ जीवनमा टेवा दिन पाऊँ
    बिन्ती “अनु” हजुरलाई सेवा दिन पाऊँ

    anu………. u or???? ha ha ha…….. how romantic

Leave a Reply

Your email address will not be published. Required fields are marked *