नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश
पालैपालो उत्तरदक्षिण, सुरुवालको यात्रा
देशभक्ती, ईजारमा र तुनामा मेरो देश
कुर्ची चढ्न लुछाचुडी, राष्ट्रियता दाउमा
बिदेशिको कालोजादु, टुनामा मेरो देश
महाकाली, टनकपुर अनी सुस्ता सङ्गै
प्रशाद जस्तै बांडिएको, दुनामा मेरो देश
शहीद सङ्गै सती गो रे, भन्छन देशभक्ती
हजुरसँग छ र!? मनको कुनामा मेरो देश
नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश

गजलले दर्शाउने देशको हालत
गजलले दर्शाउने देशको हालत बेहाल छ।
तर वाह! क्या चोटीलो र सटिक शब्दहरुमा वर्तमानको यथार्थलाई खुलाउनु भएको छ ।
सबै शेर उत्कृष्ट लागे, त्यसमा पनि :
कुर्ची चढ्न लुछाचुडी, राष्ट्रियता दाउमा
बिदेशिको कालोजादु, टुनामा मेरो देश
र
महाकाली, टनकपुर अनी सुस्ता सङ्गै
प्रशाद जस्तै बांडिएको, दुनामा मेरो देश
को भने जबाफ छैन ।
yo deshko yethartha ho
yo deshko yethartha ho anubhav g………..ho desh duna-duna ma bechna rakhiyeko chha………lutiyeko chha ,chyatiyeko chha ………ra ta hami nangiyeka 6aun haina ra?
lekhaniko nirantartako lagi shuvakamana hai ta…………..
yo deshko yethartha ho
yo deshko yethartha ho anubhav g……………………maile pani ANUBHAB gareko chhu………………ho desh duna-duna ma bechna rakhiyeko chha………lutiyeko chha ,chyatiyeko chha ………ra ta hami nangiyeka 6aun haina ra?
lekhaniko nirantartako lagi shuvakamana hai ta…………..
EKADESKO GAGANRAJ
gajalshibir,rajdhani
दिलिप दाई र गजल शिबिरको मित्र
दिलिप दाई र गजल शिबिरको मित्र गगन अनी अर्को मित्रको छेउ टुप्पो(नाम,थर, ठेगाना?) केही थाहा हुन सकेन! सबैलाई धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि, खासै मैले देशको बारेमा गजल लेखेको थिईन तर दिलिप दाई,बसन्त दाई, कृष्णपक्षका अनी जोतारे धाईबाको समाज प्रतिको ब्यङ्ग अनी सुनिल जि र दिनेश जिको र अरु साथीहरुको गजलको फरक धार पछ्याउने कोशीसमा देशको स्थिती बाट वाक्क भएर अप्रत्याशित रुपमा कोरिएको भावना गजल बन्न पुग्यो अनी तपाईंहरुले मन पराईदिनुभयो…. खुशी लाग्यो- सधैं तपाईंहरुको प्रतिकृयाको भोको छु-अनुभव