Skip to content

सुन्छु तिमी जाँदै छौ रे, धेरै-धेरै पर

अलग हाम्रो शहर अँझै, टाढा हुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ

सुन्छु तिमी जाँदै छौ रे, धेरै-धेरै पर
होसमा जाँगर तर्नु सानु, आफ्नु ख्याल गर
तिम्रो याद दिलमा राखी, तस्बिर छुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ

हिमशिखा झैं तिम्रो मुहार, सँधै खुशी राख्नु
अभाब हुन नदेउ मनलाई, सँधै झुसी राख्नु
मेरो खुशी आँशु बगाई आज धुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ

अलग हाम्रो शहर अँझै, टाढा हुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ

राजेश रुम्बा लामा “अतृप्त”
०४-११-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *