मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
तिम्रो चाह बोक्छ यो मन चारैतिर घुम्छ
नभेट्दा कतै तिमी आँशुले परेली चुम्छ
साँच्चै याद आउँदा मेरो मुटु छुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
थाहा त थियो तिमीलाई पनि एक्लै हुन्छ भन्ने
तिम्रो अभाब हुँदा खेरि खोज्दै रुन्छ भन्ने
किन नाटक गर्यो सानु त्यो मन खुनी भए ?
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
–राजेश रुम्बा लामा “अतृप्त”
०७-१०-२०११
