“गजल”
___________________________
किन-किन तिम्रो बचन,मुटु घोच्ने तिर बन्यो
पल-पल आँखा भिजाउने,आँशुरुपी पिर बन्यो
__
____________________________
जब तिम्रो आगमन भो,मख्ख थिएँ हर्षले म
स्वागत गरें बाग सम्झी,आफु खस्ने भिर बन्यो
____________________________
लाग्थ्यो मनमा फूलहरु,फ़ूलाउल दुवै मिलि
एक-आपसमा मिल्न खोज्दा,नघोलिनी निर बन्यो
____________________________
जिन्दगीको घुम्तीहरु,तिम्रै साथमा काट्छु ठान्थें
कालो बादल ओडी आज,झुकी रहने शिर बन्यो
_________________________
खुशी मनले दिए त,जहर पनि पिउथें सानु
नखाउँ तिम्रो भोक मनमा,खाउँ बिषादी खिर बन्यो
>:राजेश रुम्बा लामा “अतृप्त”
०६-११-२०११
