आफैँ भुली बिश्वाश गर्ने पनि देखेँ
शंकै शंकामा जिम्दै, मर्ने पनि देखेँ
आफू फूल्ने डाली आफैँले छेदन गरी
नमुस्कुराउदै भुइँ झर्ने पनि देखेँ
एकदिन खाली हात जानु छ सबैले यहाँ
अरु रित्याई आफू भर्ने पनि देखेँ
कठोरताको पराकाष्ठा नाघ्दै कति यहाँ
घाउ माथि नुन-पानी छर्ने पनि देखेँ
घाम-जून झैं अटल बन्नु पर्छ भन्नेहरू
शिशिर छाडी बसन्त सर्ने पनि देखेँ
राजेश रुम्बा लामा “अतृप्त”
२९-१०-२०११
