गजल”
धर्ति बनि बसेको थिएँ,जून बनि चम्की उनि
छरेर बैसालु चाँदनी,यता-उति लम्की उनि /
____________________________
पग्ली हाल्यो मेरो बैंस उनको नसालु रोशनीले
उनि संगै म घोल्न खोज्दा घमण्डले गम्की उनि /
______________________________
धर्ति हुनु गर्ब थियो मलाई पनि धेरै-धेरै
बादल बोलाई ढाकि दिएँ रिसाएर बम्की उनि /
_______________________________
दागको कुरा
नगरी सँधै बर्णन गर्नु आ’रे
नत्र औंशी भोग्नु पर्ला रे दिंदै थिइन् धम्कि उनि /
___________________________
राजेश रुम्बा लामा “अतृप्त”
११-१०-२०११
