Skip to content

गार्‍है हुदोँ रैछ पाउन बिष समेत माग्दा

“गीत”
पुर्णे साँझ देख्ने जूनलाई,पापी ग्रहण लाग्दा
मनको बस्ति अँधेरो भो बादल आइ ढाक्दा
~
चोट रुपी कालो रात्री सहें आजसम्म धेरै
पुर्बी दिशा खुल्दा जूनले ठान्थे समय मेरै
टुट्यो खुशी ,मेरो जूनलाई कैद पारि राख्दा
मनको बस्ति अँधेरो भो बादल आइ ढाक्दा
~
कसलाई गरौँ गुनासो खै को नै आफ्नो छ र?
सुने हाँस्लान दुनियाँ भन्लान् मरे मर
गार्‍है हुदोँ रैछ पाउन बिष समेत माग्दा
मनको बस्ति अँधेरो भो बादल आइ ढाक्दा
~
पुर्णे साँझ देख्ने जूनलाई,पापी ग्रहण लाग्दा
मनको बस्ति अँधेरो भो बादल आइ ढाक्दा
–राजेश रुम्बा लामा “अतृप्त”
२०-११-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *