Skip to content

atript

हरेक साँझ चाँदनीमा,रम्ने गर्थ्यौ यो मन

“गीत” आज फेरी निलो आकास,बादलुले ढाक्यो मलाइ भेट्न आउनी जूनलाई,बन्दक बनाइ राख्यो / !२! फाटुं… Read More »हरेक साँझ चाँदनीमा,रम्ने गर्थ्यौ यो मन

तिम्रै निम्ति बर्षिदिन्थें, अङ्ग अङ्ग चुम्न

तिमीले पाइला चाल्दा टेक्ने, बाटो बन्न पाओस
तिमी फुल्ने मझेरीको, माटो बन्न पाओस

सुवास मलाई चाहिन्न भो, तिमी फुलेदेखि
शिशिरयाममा शित बोकी, तिमी झुलेदेखि

ठिकै छ टाढै बस्छु

जुनीभरि तिम्रो साथ
पाए देखि सानु,
बादल भित्रै खुशी हुन्थे तिमी
छाए देखि सानु ।

चट्याङ्, वर्षा, असिना सब
सहन्थेँ हाँसी-हाँसी,
तिमीलाई खुशी दिन्थेँ बरु
आफैँ दुख गाँसी ।

सुनगाभा झैं फुलाउनलाई
आफै बन्थेँ माली,
तिम्रो मुस्कान खुलाउनलाई
आफै बन्थेँ डाली ।

क्षितिज पुग्न यात्रा गर्दा
आफै बाटो खान्थेँ,
आँधी हुरी बिचमा आए
मेरै भागमा आऊ भन्थेँ ।

तर सबै असम्भव छ
मैले सोचे हुन,
ठिकै छ टाढै बस्छु
हुनु तिमी जून
ठिकै छ टाढै बस्छु
हुनु तिमी जून ।

राजेश रुम्बा लामा “अतृप्त”

गरौं साहस देशको खातिर,ढल्नुपरे ढलौं हामी

गीत आफ्नै पाउले टेक्न सिकौं ,स्वविवेकले चलौं हामी बाहिरी साहरा चाहिन्न भो,आफै दियो बालौं हामी… Read More »गरौं साहस देशको खातिर,ढल्नुपरे ढलौं हामी

बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ

न डुब्न सके न तर्न सके जीवनको डुङ्गामा
न झर्न सके न हाँस्न सके फूलको थुङ्गामा !

तरेर पारि सकेन जान, बिचैमा दोभान छ
बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ
बिलौना मेरो सुनेनौ दैव, के पुजौँ डुङ्गामा ?
न झर्न सके न हाँस्न सके फूलको थुङ्गामा !

अन्यया,दमन साहना छाडी,उठ अब चेली

“गीत” ओइलिएको पात झैं पारि,जिबन नसुकाउ जित्नु पर्छ तिमीले संसार,सिर नझुकाउ / ~~~~~~~~~~~~~~~~~~~~~~~~ अन्यया,दमन साहना… Read More »अन्यया,दमन साहना छाडी,उठ अब चेली

बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा

“गीत” बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा / ““““““““““““““““““““ मिरमिरेमै… Read More »बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा

पाउनु गुम्नु दुवै माया, हाँस्नु तिमी फूल बनी

अन्जानमै बस्यो माया
आफैँलाई भुल्ने गरी,
बगर लाग्ने जिन्दगीमा
सुनगाभा भै फुल्ने गरी।

सयौं डाँडापारि उनी
वारि म हुँदा पनि,
थाहा हुन्थ्यो यो मनलाई
हाँस्दा अनि रुँदा पनि ।

हावा चल्दा पात खस्दा
मनमा आँधी चल्ने गर्थ्यो,
ठेस लाग्यो कि कतै भनी
सारै मन जल्ने गर्थ्यो ।

उनको विम्व सामु राखी
बर्बराउदै बोल्ने गर्थेँ,
आँखै सामु छाउथिन् उनी
टोलाएर हेर्ने गर्थेँ ।

सासै फेर्न गारो लाग्थ्यो
उनको यादको हुरी चल्दा,
उनकै खुशी चाहन्थे म
मठ-मन्दिरमा दियो बल्दा ।

बादल आई जुनलाई छेक्दा
मनमा संका लाग्थ्यो,
अन्तै त्यो मन मोड्ला भन्ने
मनमा चिन्ता जाग्थ्यो ।

त्यसै भन्थिन उनीपनि

म ढाडे बिरालो भएँ

यौवनको रसले भरिनै लाग्दा
वाध्यताको पूल तर्दै
अरबतिर पाइला सोझ्याउँदै गर्दा
चरी लौरी टेकी राइफैले काका
भन्दै हुनुहुन्थ्यो:- “ओइ भतिज
तँ अरब लागिस?
लु जेल र अरब गाका
छोरा मान्छेहरु
बोका हुन्छन बा !
तँ बिग्रिस…”
म मुसुक्क मुस्कुराउदै
लागे आफ्नो गन्तब्य
पिल पिले ताराको उदयदेखि
पुर्बी लाली किरणको अस्तसम्म
भूमिगत ज्वालामुखीको
राप राप्न
गन्तव्यमा पाइला टेक्दा
अदृश्य शिवरात्रीका धुनी
जगाउदै थियो अदृश्य
पुजारीहरू,
म रातो-तातो गाला पार्दै
बीर, बहादुरको सन्तान

तिला सुर्ता लाबा ङाला, ज्योमो गाङ् ख्राबा बेलारी

(तामाङ भाषाको गीति कविता)

तिला सुर्ता लाबा ङाला, ज्योमो गाङ् ख्राबा बेलारी ?
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।

विचार लाऊ र्हाङ्लान बरु, य्हुलसादन डन्गो या वा
ए, ङा भन्दा लाहनन ङाह्छ्याङ्, र्हाङ्ला य्हुल्सा मन्गो या वा
नेसि ताले साहास् पाउ, थख्रागो ङा प्राबाबेलारी
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।

चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..

“गीत” ——— तिम्रो शब्द मेरो सङ्गीत्,हामी दुबै गाउलाँ संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला ““““““““““““““““““““` झुम्ने… Read More »चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..

देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट्र जलाउँदै छन्

भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

चर्किन्छ यो छाती अति, मेरो देशको पाटो दुख्दा
छल्किन्छ यो रगत अति, मेरो देशको माटो दुख्दा
यत्र-तत्र चारैतिर, देशलाई खाने रोग देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो सोख देख्छु

उतर-दक्षिण गरि-गरि,राष्ट भक्त गलाउदै छन्…

“गीत” ———- भातको सिट्ट भुइंमा खस्दा,कर्णालीको भोक देख्छु ठाँटिएर हिन्न खोज्दा,रुकुमको त्यो सोख देख्छु /… Read More »उतर-दक्षिण गरि-गरि,राष्ट भक्त गलाउदै छन्…

गए कति हङ्काङ, इजराइल, मैले देख्दा-देख्दै

नेपालीको छोरी हजुर, डोको नाम्लो बोक्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै

रुजाएर चोली-गून्यु साउने झरी पर्दा
आधी उमेर ढल्क्यो हजुर, लेक-बेँसी गर्दा
गए कति हङ्काङ, इजराइल, मैले देख्दा-देख्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै

कति काटे जूनेली रात,तिम्रै यादमा रुँदै…..

“गीत” दिनमा पीरको भारी बोक्दै,राती कोल्टे फेर्दै कति बसौं ए परदेशी,तिम्रै बाटो हेर्दै / ~~~~~~~~~~~~~~~~~~~~~~~~~… Read More »कति काटे जूनेली रात,तिम्रै यादमा रुँदै…..