Skip to content

टाढा छौ त के भो ? मनमा छाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

हामी बिचमा छेक्ने सयौं डाँडा भए नि
घाम-जून झैं हाम्रो दूरी टाढा भए नि
मनको आँखा खोली हेर्दा देख्ने भएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

यता मग-मगाउछ त्यता फूल फुले
यी आँखा फर्फराउँछ त्यता मन डुले
प्रत्येक साँझ सपनीमा यतै धाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

टाढा छौत के भो ? मनमा छाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *