कविता
अदृष्य मनका छाललाई
फिजाउँदै फिजाउँदै
शुन्यतालाई चिरी,
म जगत र ब्रम्हाण्डको अघोषित
भ्रमण गरिरहेको छु,
फिंजिएर कहिले उत्तरी धुर्ब
त कहिले पश्चिम किल्ला काँकडा ,
कहिले दक्षिण त कहिले पुर्वी टिस्टा
चहार्दै चाहर्दै उँभो लाग्ने गर्छु
ब्रम्हाण्ड तर्फ तप्केर खस्नलाई
तप-तप…..
कुनै पल शसंकित हुँदै
कुनै पल हर्षित हुँदै
मनको छाल लम्की रहन्छ देहलाई
एउटा कुनामा थुपारी राखी,
आखिर देह एक थुप्रो माटो न पर्यो
सिर्फ मुक दर्शक बनेर हेर्ने गर्छ
देह…
कुनै पल मनका छालले
निलो गगनका ताराहरु सोरी ल्याई
क्षणिक रंग भर्ने गर्छ देह माथि
त्यसैमा खुशी हुन्छ
देह र उज्यालो बनाउँछ आफ्नो रुप
कञ्चनजघां हिमाल झैं…
कुनै पल चट्टानमा ठोकिन पुग्दा
मनको छाल आफै तिर विकेन्द्रित भै
आफैमा ठोकिन आइपुग्दा
देह माथि बादलको बास गर्दा
साउने झरी बर्सिन्छ
आफैलाई बगाउँला झैं गरि
तर पनि
मनका छाल रोक्न खोज्दैन
बग्न खोज्छ चारै तिर…चारै तिर…….उफ्फ्फ़ ////
राजेश रुम्बा लामा “अतृप्त”
१४-०७-२०११