पाउँछौ माया गर तर बाटो नछेक
पर पुग्ने चाहना छ बिन्ती नरोक
कैदी हुन नपरोस म तिम्रो मायामा
मुस्कुराउँदै फुल्न पाइयोस तिम्रो छायाँमा
तौलिने चिज होइन माया कहिल्यै नजोख
पर पुग्ने चाहना छ बिन्ती नरोक
आकास जस्तै मन बनाउनु हेर्नु जून बनी
हरेक धड्कन साथ दिनु मेरै खुन बनी
कर्म गर्न छाडी तिमीले मुर्ती नढोग
पर पुग्ने चाहना छ बिन्ती नरोक
पाउँछौ माया गर तर बाटो नछेक
पर पुग्ने चाहना छ बिन्ती नरोक
राजेश रुम्बा लामा “अतिप्त”
२१-०७-२०११
