जोडी ढुकुर देख्दा पनि

“गीतिकाबिता”
न त भेट्नै पायो उनलाई
न त देख्नै पायो
उनकै यादले हरपल
मेरो मुटु खायो !
~~~~~~~~~`~~~
जोडी ढुकुर देख्दा पनि
सारै मन रुन्छ,
एकान्तमा एक्लै बसी
धेरै सोचौं हुन्छ !!
~~~~~~~~~~~~~
घामले धर्ती टेक्दा पनि
औंसी चै जस्तै,
बस्दैन मन कहिल्यै थिर्मा
बाढी आए जस्तै !
~~~~~~~~~~~~~~~~
डाली माथि न्याउली रुंदा
आफै रोए झैं लाग्छ,
यति बिग्ना ठुलो सहर नि
एक्लै भएं झैं लाग्छ /
यति बिग्ना ठुलो सहर नि
एक्लै भएं झैं लाग्छ //

राजेश रुम्बा लामा “अतृप्त”
१९-०७-२०११

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *