गीत
जीन्दगीको यात्रा मेरो,तिमी संगै गर्न पाए
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
===============================
फोर्थे चट्टान मेहेनतले,यदि तिमीले चाहे देखि
रेगिस्थानमै बस्थे बास,तिम्रो साथ पाए देखि
सुक्थे बरु शीत जस्तै,तिम्रो अंगमा झर्न पाए
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
===============================
तयार हुन्थे आफ्नै घाउमा,चुक हालेर चर्काउनलाई
पछी कहिल्यै, हट्ने थिइन हाम्रो बैरी तर्काउनलाई
बाढी आउँदा विवशताको तिमी संगै तर्न पाए
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
==========
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए………..
राजेश रुम्बा लामा “अतृप्त”
१४-०७-२०११
