Skip to content

क्षितिज काट्नुछ ……….

गीतिकबिता
रातो-तातो हामी युवा
आगो झैं बल्नु पर्छ,
अल्जेर हुन्न अब कतै
हुरी झैं चल्नु पर्छ !

तिमी उठ म उठ्छु
सबै अघि बढ्नुछ,
मिर्मिरे मै हेर साथी
क्षितिज काट्नुछ !!

हरेक समयले ढल्केर
हामीलाई पछी ठेल्दैछ,
त्यसै हामी बसे देखि
हामीलाई तल पेल्दैछ !

भूतले सराप्दैछ हामीलाई
भविष्यले सोच्दैछ
देखेर हामी अन्धकारमा
उज्यालो-दिप खोज्दैछ ………
……देखेर हामी अन्धकारमा
उज्यालो-दिप खोज्दैछ …………..

राजेश रुम्बा लामा “अतृप्त”
१६-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *