म तिमी बिना एकछिन पनि बाँच्न सक्दिन !
रमा सक्दै सक्दिन म एक पल पनि बाँच्न सक्दिन ।
उस्ले धेरै पटक यसै भनेको थियो ! हिजो मात्र अस्ति मात्र अनि त्यो दिन अगाडि मात्र !
हरेक दिन यही मन्त्र जपे जस्तै जपेकैहो हुन त !
आज पनि रमालाई लिएर ऊ खोइ कता पुगेको थियो अनायसै रमा उस्को हातबाट फुत्केर गइन ! हेर्दा हेर्दै टाढा कता कता पुगिन उस्को आँखाबाट सरर आसु झर्यो रमा ! रमा ! भनेर ठुलो स्वरले करायो तर उनले फर्केर हेरिनन अलिक पर एउटा मान्छे बसिरहेको रहेछ उस्को अङगालोमा कसिएर हात समाउदै अलप भइन । झन्डै झन्डै आँखाले नभ्याउने हुने बेला रमाले भनेको शब्द उस्को कान सम्मा गुन्जियो “नामर्द।”
ऊ झल्यास्स ब्यूँझियो उस्का स्मृतिपटलमा बिगतका हर कुराहरू नाच्न थाले ।
उस्ले रमालाई गर्ने मायामा कुनै खोट राखेन आफूभन्दा धेरै माया गर्थ्यो । आज रमाले के खाइन कहाँ गइन होला कुनै गहारो साँघ्घुरो केही पर्यो कि जति बेला पनि रमा कै यादमा डुबिरहन्थ्यो । बिस्तारै बिस्तारै रमासँग हिजो बिताएका पलहरू को सम्झनामा डुबुल्की मर्दै गयो ऊ कति रमाइलो थियो हरेक पल जति बेला रमालाई अगाडि राखेर भविष्य को चित्र कोर्दथ्यो उती उस्लाई आनन्द को वर्षा आउथ्यो कति कति उस्लाई आफै थाहा हुन्न थ्यो उस्ले कति खुशी कमाइरहेको छ ।
रमा उस्को प्रेममा बहकिन्थी बिस्तारै बिस्तारै उस्को नजिक सर्थी उनलाई उस्को काखमा टाउको रखेर सुत्ने अभिलाषा जाग्दथ्यो उस्को बिशाल छाती म टासियर प्रेम को आठआह सागरमा डुब्दै उस्को प्रेममा रमाउने उत्कन्ठ अभिलाषा आउथ्यो तर रमेश बिचैमा उन्लाई रोकेर भन्थ्यो रमा आखिर हामी एक अर्काको लागि नै जन्मेका रहेछौ तर रमा प्रेम नैतिक हुनुपर्छ पवित्र हुनुपर्छ आदर्श प्रेममा शरीर को चाहलाई अगाडि ल्याउन हुन्न समाज को मूल्य र मान्यतालाई कुल्चनु हुन्न आखिर बिहेपछि त छदैछ नि ।
उता बिचरी रमा आफूलाई रमेश को बाहुपासमा सजिएको अनुभव गर्न चाहन्थिन । रमेश को आदर्शले भरिएको सोचाइलाई उस्ले कति गर्दा पनि आफ्नो तर्फबाट मिलाउन सकिन । रमा हरेक बहाना बनाउथी कहिले एकान्तमा हिड्दामा डर लागेको अभिप्राय ली रमेश को पाखुरा समाउन पुग्थी तर रमेशले एउटी सानी बच्चीलाई डर भगाउन गर्ने प्रयत्न मात्र गरिदियो खिन्न मन लिगेर रमाले मनबाट डर निस्केको बहाना पार्नु पर्यो ।
एक दिन पारी गाउ गएर दुवैसँगै आउँदै थिए बाटोमा पानी पर्यो ओत् लाग्ने ठाउँ पनि पाउन सकिएन भिजेरै आउँदै थिए बाटोमा खहरे पर्थ्यो पानी बढेछ दुवै जना हात समाएर खोला तर्ने क्रममा लागे । रमा को आसा मिश्रित डर अनि रमेश को माया मिश्रित आदर्श को समायोजन् भयो रमेशले कम्मरमा समतेर खोला तर्नु पर्ने भयो रमालाई खोला तरेर कहिले पनि नसकिए नि हुने जस्तै अनुभूति भएको थियो मिठो अत्यन्तै मिठो !
त्योभन्दा बाहेक उन्ले कहिले नि उस्को न्यानो अंगालो को अनुभूति गर्ने अवसर जुटेन ।
एक दिन बिहानै गाउमा हल्लिखल्ली भयो गाउकी पढेलेखेकी मास्टर कि छोरी रमा गाउबाट सदर मुकाम गर्ने ट्रक ड्राइभर कि कान्छी श्रीमती बन्न उसैसँग हिडिछ झन्डै बाउको उमेर को ड्राइभर कपाल पालेको मुन्द्रा लाको घरमा ३ वटा छोरा छोरी भएको भुस्तिग्रेसँग ।
http://basantasubedi.com.np/
कथा राम्रो छ ।
कथा राम्रो छ ।
राम्रो छ कथा ।
राम्रो छ कथा ।