“तिमीले भनेकोभन्दा ठिक १५ सेकेन्ड ढिलो त आको हो नि!”
“१५ सेकेन्ड रे ! म १ सेकेन्ड पनि कुर्न सक्दिन।”
“नसक्दा के हुन्छ ?”
“मेरो राजा ! म तपाईलाई एक सेकेन्ड कुर्दा पनि सास रोकिन्छ ! भन्नुस म के गरौ ?”
“एक पटक सास रोकेर हेर न ।”
“मतलब मलाई मर भन्नुभो ? मर्छु, अहिले नै मर्छु । तर म हजुरको आँखाबाट टाढा जान सक्दिन । मलाई हजुरको काख मै मर्ने अनुमतिदिनुस ।”
“लाटी ! मलाई के सोचेकी ?”
“एउटा पत्रकार ! मायाको महत्व नबुझ्ने पत्रकार !”
“त्यसो भए म जाउँ ?”
“मैले समातेको छु र ?”
“तिमीले होइन तिम्रो मनले समातेको छ काली !”
“मेरो मन तपाईंको जिम्मामा छ, आफ्नो अनुकुल प्रयोग गर्नुस ।”
“ओके बाबा ! त्यसो भए कहा जाने ?”
“तपाईंको खुसी जहा भन्नुहुन्छ !”
“धुलिखेल ?”
“टाढा हुन्छ ! बेलुका आउन अबेर हुन्छ !”
“कहीं नजाऊ ! यसो गरौँ ! चिडियाखाना जाउँ न तिम्रो साथीहरू को नियास्रो लागेको होला “
“त्यहा मेरो को साथी छ ?”
“छ नि त्यो तार को बार भित्र छन् नि अस्ति तिमीले बदाम दे’कि !”
“?????”
“पुच्छर भाका तपाईका साथी हुन् भनेर पो बदाम खान दे’को”
“नट्टी गर्ल”
“यु नट्टी”
“ओके बाबा ! सेम टु यु”
“ल ल ! भो अब बरु चोभार जाउँ ल ?”
“ओके मेरो राजा”
कीर्तिपुरबाट फर्पिंग को बस चढेर चोभार पुग्न बढीमा २० मिनेट ! बस अत्यन्त भीड थियो ! काठमांडू बस्न थालेदेखि नै एउटा मोटरसाइकल को रहर गरेको कहिले नि सकिएन ! सधै को उही समस्या ! जहिले कोठा भाडा तिर्न पैसा नहुने ! हजुर्बा को पालामा एउटा छाप्रो हालेर यता बसिदे’का भए नि कमसेकम आफ्नो घर त हुन्थ्यो नि ! असत्ति बुढा !
“ल ल ! चोभार झर्नुस”
कन्डक्टर भाइको आवाजले झसङ्ग भएँ ! भीडमा पेलिएर संजु बस को पछाडि पो पुगीछिन ! म त कल्पना मै पो हराएछु !
मन्जुश्री गुफा मन्जुश्री ओढार जलबिनायक मन्दिर अनि त्यसको वरपर घुमिरहेका परेवाका बथान ! बागमती को हल्का नाक बिझाउने गन्ध अनि रंगी बिरंगीका केटा केटीहरू को भीडबाट निस्केको जात जात को परफ्युम को गन्ध बीच तालमेल नमिलेर अर्कै खाले वाक्क लाग्ने गन्ध बनेको !
“मलाई त भोक लाग्यो ! केही खुवाउनु हुन्न ?”
“यता नजिक को होटेलमा केही छ कि ?”
“एस ! मो:मो !”
बरखी बारे जस्तो सेतो अनि भित्र अलि अलि मासु मिसिएको जस्तो स्वादिलो ! १० ओटा गनौटा डल्ला घाटि हुदै पेटसम्म को यात्रामा रम्दै थिए !
खल्तीमा रहेको सानो ब्ल्याक एण्ड व्हाइट नोकिया बज्यो ! अफिसबाट रहेछ ! विवेकजी तपाईं तत्काल फर्पिंग पुग्नुस त्यहा जरुरि समाचार छ ! बोक्सी काण्ड को ! अरु कोभन्दा अगाडि हाम्रो ब्रेकिंग न्युज बन्नु पर्छ ! नाइँ भन्न मिलेन !
“संजु ! म के गरौ”
आवाज आएन ! हिडेर सडकसम्म आइपुग्दैमा एउटा निलो पल्सर हाम्रो अगाडि रोकियो !
“ओ संजु ! तिमी यहा !”
संजुकै कलेज को साथी जेम्स थियो म चिन्दथें !
“घर जाने होइन ? ल हिड म पुर्याइदिन्छु”
संजु फटाफट बाइक को पछाडि बसिन ! पल्सर एकैछिनमा भन्ज्याङ्ग काटेर गाएब भयो !
म बस चढेर फर्पिंग पुगें ! हाकिमले भनेजस्तै ब्रेकिंग न्युज हाम्रै पहिलो बन्यो ! अनि संजुसँग को भेट अन्तिम !
बल्खुबाट पुरानो बसमा उभिएर चोभारसम्म गरेको यात्राभन्दा चोभारबाट बल्खु हुदै सितापाइलासम्म धनी बाउ को छोरा जेम्ससँग को मोटरसाइकल यात्रा अवश्य नै रोमान्चक थियो जुन यात्रा संजु को जीवन को गोल्डेन एँगल बनिदियो ! एउटा श्रमजीवीसँग पुराना सिटि बस चढेर जीवन भर हिड्नुपर्ने सम्भावनालाई आजैको मितिबाट अन्त्य गरेको घोषणा गर्न १० शब्द को मोबाइल संदेश नै प्रयाप्त हुनेरहेछ !
२०७१/०५/२५ मध्ये रात – बिर्तामोड नगरपालिका, झापा, नेपाल !
यो रचना मेरो बक्तिगत ब्लग www.basantasubedi.com.npमा पनि पढ्न सक्नुहुन्छ !
