पुण्यप्रसाद प्रसाईंको उपन्यास “आईमाई मान्छे” डिकुरा प्रकाशनले प्रकाशित गरेको रहेछ । यसलाई मैले ढिला गरी आज मात्र पढेर सकें । उपन्यास मुलत नौलो लाग्यो । एउटी नारीको जीवनमा मात्र नभएर सम्पूर्ण नारी जातिमाथि नै उभिएको प्रश्नलाई उठाइएको रहेछ । प्रत्येक पाना र प्रत्येक परिच्छेदले नयाँ रहस्यलाई बोकेका छन । जति पढ्यो उति पढौं लाग्ने छोड्नै मन नलाग्ने । लेखकले प्रत्येक शब्द र बाणीमा रहस्यमय भोगाइलाई चित्रण गरेका छन ।
पत्रकार दीपाकी आमा हुर्कनै लागेको अबोध बाल्यप्रेमलाई अबोध रुपमै अन्त्य गरेर, अनि गरीबी र असमानताको जालमा परेर, एउटा बुढालाई श्रीमान बनाउन वाध्य भइन । यसले गर्दा उनको उर्लदो वैंशलाई शान्त पार्न त के कुमारीत्व समेत नगुमाई बिधवा बनिन । बिधवा जीवनमा नै सामुहिक बलात्कारबाट दीपालाई जन्माउन विवश भइन र जन्माइन पनि । मर्ने इच्छालाई दबाएर एउटी जुझारु छोरी बनाउने इच्छालाई बीच मै छाडेर परमधाम हुन विवश एउटी आईमाई, जसले आफ्नो शरीरलाई पुरुषरुपी किराहरूबाट बचाउन आफ्नै अनुहारमा तेजाब छर्केर आँफैलाई बिरुप पारिन, जसको परिणाम उनैले यो संसार र समाजबाट हेला तिरस्कर पागल बोक्सी सबै सहनु पर्यो, र पनि आफ्नी एउटी मात्र छोरीलाई सदा राम्रो कुरा सिकाउन र सही बाटो हिडाउनको लागि आफूलाई सदैब लागि पारिन । उनी जस्ती आमाको कोखबाट बिना-बाबु जन्मेकी दीपालाई अर्थ, शिक्षा र शक्तिबाट पुरुषहरूले नारीमाथि हस्तक्षेप गरिरहन्छन । सदा यी कुराहरूबाट बच्नु भन्ने सन्देश दिदै आफ्नो जीवनबाट छोरीलाई छाडे तापनि दीपालाई प्रेमको प्रयोग गरेर पुरुषहरूले नारीहरूमाथि आफ्नो प्रभाव जमाउँछन । नारीको जीवनलाई तहस नहस पर्न सक्छन भन्ने ज्ञान नहुँदा र प्रेम जालमा पार्ने मान्छे चिन्न नसक्दा दीपाको जीवन खन्डहरमा पारिणत हुन पुग्यो, जसलाई लेखकले उपन्यासको मुल मर्म बनाएका छन ।
उपन्यासको बिषय बस्तुलाई मुलत: ‘नारीमथि पुरुषले हर तरहले शोषण गर्छन् र आफ्नो सफलतामा प्रयोग गर्छन्’ भन्ने मुल मर्म देखाउन खोजिएको कथा बस्तुले दीपाको माध्यमबाट जीवनमा एउटी नारीमाथि हुने सम्पूर्ण अत्याचारमा नजिकैका आफ्नै आफन्त एवम् पुरुषहरूकै हात हुन्छ भन्ने देखाइएको छु । दीपाको खन्डहर जीवन खतरनाक रोगसँग अन्त्य हुँदा पनि आफ्नो प्रेमलाई महत्व दिदै एउटी नारीले कतिसम्म जीवनको पाटोहरू अगाडि बढाउछिन भन्ने समेत देखाउन खोजिएको यस उपन्यासमा केही बिरोधाभास भने अबस्य छ ।
आफ्नै दाजुबाट बेचिन पुगेकी र त्यताबाट उम्किएकी दीपा कुनै पनि पुरुषमाथि विश्वाश गर्न नसक्ने बन्नु आफ्नो ठाउमा छ । उता सुधिर दाइको मिठो बनावटी प्रेममा आफ्नो चन्चलतालाई कम् गर्न नसक्दा उत्पन्न घटनाले एउटी नारीलाई प्रेमको कति महत्व हुन्छ भन्ने देखाउन खोजिएको छ । कुनै पनि पुरुषलाई विश्वाश नगर्ने अनि जुझारु पत्रकार बनेकी दीपाले आमा बाबुको टुङो नभएको हेर्दामा कठोर लाग्ने लेखकलाई विश्वाश गर्नु र विवाह गर्नसम्म पुग्नु शायद नारीको मनोभावना एवम उमेर सँगको प्रभाव पनि हो भन्ने देखाइएको छ । सात जना केटाहरूले बल प्रयोग गरेर बलात्कार र हत्याको लागि अगाडि आउँदा सबैलाई खेदाउन सक्ने एउटी बहादुर नरी जस्ले जीवन्मा कोइ कसैसँग अर्थ र शक्तिको लागि सम्झौता गर्न खोज्दैन थि तर एउट सामान्य केटाको प्रेममा परेर उसैलाई जीवन सुम्पिनु अनि एउटा पत्रीकाले गलत समाचार लेखेकै भरमा श्रीमानले एकातर्फी सम्बन्धको अन्त्य गर्नु अनि त्यसको पिडा सहन नसकी पागल भएकी दीपालाई आफ्न्तको अभावमा हेर्ने मान्छे नपाउनु अनि घरबेटीले उपचार गर्न खोज्दा श्रीमतीको डर हुनु आफ्नी हराएकी बहिनी जसको योउन रोग लागेर जीवन समाप्त भएको थियो उस्को छाया देखी उपचार गर्न खोज्दा अर्की नारीले सन्का गर्नु पनि हाम्रो समाजको एक नराम्रो सन्स्कार कै परिणति हो भन्ने समेत देखाइएको छ दीपाप्रति चराम मानबिएता प्रदसन गर्ने घरबेटिको योजनालाई फेल गराएर जब दीपा काठमाडौं तिर लाग्छिन त्यस्पछाडिका सम्पूर्ण घटना क्रमले हाम्रो समाजको पुरुष प्रधान समाजको अवस्था देखाएको छ । उपन्यासलाई अझै जीवन्तता दिनको लागि माइती नेपाल र अनुराधा कोइरालालाई बिचमा ल्याएर सामाजिक बन्धनलाई अझै ससक्त बनाउने प्रयास गरिएको छ । दीपाले पूर्व पति एवम लेखक (लेखक महोदय जसले “आईमाई मान्छे” उपन्यास लेख्ने प्रत्याधिकारी पाएको थियो) लाई अन्तिम समयमा भेट्न चाहनु संयोगबस लेखकले पत्नी नलिनाको अपनत्व पाउनु लगाएतका घटना अत्यन्त मार्मिक छन ।
दीपाले आफू बेस्या होइन भन्ने अबसर जुटाएकै लागि सम्पूर्ण कथा भनुन्जेलसम्म पनि पूर्व पतिले उन्लाई ठम्याउन नसकेको परिबेश अलि रहस्यमय छ । पुरुषलाई कता कता अत्यन्त कमजोर बनाएको पो हो कि भान हुन्छ । दीपाको मुखबाट त्यो मान्छे अरु नभएर तपाईं नै हो भनुन्जेलसम्म पनि दीपाले सुनाएको कथा, जुन कथा उस्को पनि थियो र पनि उसले अलिकति पनि भेउ पाउन नसक्नु, पुरुषहरूको प्रेमप्रतिको खोक्रो आडम्बर मात्र हो कि जस्तो लाग्छ । जे होस् आफ्नो प्रेम पूर्ण आत्मा र शरीरलाई आफ्नो अत्यन्त प्रेम गरेको मान्छेको काखमा बिसर्जन गराएर कथालाई जीवनको अन्तिम अवस्थामा संयोगान्त जस्तो भान हुने पारिएको छ । जे होस् प्रेमको जीत देखाइएको छ भने त्योसँगै नलिनाको सैदान्तिक बिद्रोहसँगै नलिना र लेखकप्रतिको प्रेमलाई बियोगान्ततिर धकेलिएको छ । जसलाई उपसम्हारमा लेखकले अन्तिम अवस्थामा पुन नलिनासँग भेट गराए पनि कथाले संयोगान्ततिर अगाडि बढ्न नसकी बियोगान्त नै अन्त्य गराइएको छ ।
समग्रमा उपन्यास नौलो छ । नारीमाथिका थिचोमिचो र पुरुष प्रधान समाजको चेपुवामा नारीले आफ्नो प्रगतिलाई तिलाञ्जली दिनुपरेको घटनाहरूलाई मार्मिक रुपमा देखाइएको छ । कथाले अधिकांश त बिद्रोहको मुल फुटाउन खोजेको छ नारी जातिको तर्फबाट । साथै बिद्रोहभन्दा प्रेम नै महान हो कि जस्तो भान पार्ने कथाबस्तुले नारीले पुरुषमाथि आत्मिक प्रेम गर्छ तर पुरुषले स्वार्थ पुर्तीको लागि मात्र प्रेम गर्छन् भनेर देखाउन खोजेको पो हो कि जस्तो लाग्यो ।
