Skip to content


बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपनाहरू अनि हिजो भोगेका सम्पूर्ण बिपनाहरू आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसाहरूलाई रित्याएर पनि देखावटी हाँसो हास्नै पर्दो रहेछ ।

कुनै दिन आफ्नो मन मुटुमा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिरहरू जब फेसबुकको भित्तामा देखियो तब खै म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन । उसका लागि म कोही होइन । तर मेरा लागि हो ऊ को हो त्यो शायद भगवानले मात्र अन्दाज लगाउन सक्छन । बस म आफ्नो यो आधा सपना र आधा मन बोकेर बाच्दैछु । या अँझै भनौ म बाच्ने कोशिश गर्दैछु । साथमा तिमीलाई शुभकामना जलेको मन मुटुको पीडा तिमीलाई कहिले पनि भोग्नु नपरोस भगवानसँग प्रार्थना गर्न कहिले पनि छुटाउदिन ।

निदाउन खोज्छु निदाउन सक्दिन । यता पल्ट्यो उता पल्ट्यो केवल तिम्रै याद र सम्झनाले घरि घरि सताइरहन्छ आखिर मलाई भगवान ले के को सजय दिदै छन् म आफुलाई सम्हाल्न त सक्दिन नै न त उफ् म के गरौ आखिर मलाई किन यति गहारो हुन्छ ।

अल्झिरहेछु म तिम्रो त्यो प्रेममा । जस्ले मलाई आज न घरको बनाएको छ न घाट को नै । हो तिमीलाई त खासै कुनै फरक परेन होला । किनकि तिमीमा त्यो सब गर्न सक्ने खुबी रहेछ । जस्ले गर्दा नै म तिम्रो पछाडि आफ्नो सारा सपनाहरूलाई कुल्चदै पछि लागेँ । आफु र आफ्नो सारा… कर्तब्यलाई थाती राखेर तिम्रो माया म भुल्दा भुल्दै जब तिमीले आफ्नो असली मुहार देखायौ र जुन कुराको मार शहन नसकी म सारा जिबन्लाई अन्धकार को संसारमा नसा शहीत प्रबेस गर्न थाले । हो तिमी खुशी छौ आज किनकि म तिम्रो ठाउँ छाडेर धेरै टाढा पुगिसकेँ । तिम्रो मायाको हर मारलाई सहन गर्न नसकेर अनि तिमी र सँग-सँगै बिताएका प्रत्यक पललाई भुल्न नसकेर । अनि तिमीसँग पल पल हाँसेर बसेका ती सुन्दर ठाउँ देख्दा आफ्नो ढुकढुकी बन्द हुने अवस्थाबाट पार पाउनको लागि । तिमीलाई शुभकामना छ तिम्रो मुटुमा मेरो जस्तो पीडा कहिले पनि नगाडियोस् ।

http://www.basantasubedi.com.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *