Skip to content

आजको यो प्यारो रात तिमीलाई दिऊँ लाग्यो


आजको यो प्यारो रात तिमीलाई दिऊँ लाग्यो
बाटुलो मुहारमाथि मिठो चुम्बन लिऊँ लाग्यो ।।

कता कता विरानो यो भूमि टेकी बस्दा पनि
प्रेमको मिठो उन्मादलाई अन्त गराई दिऊँ लाग्यो ।।

जीवन ब्यर्थ जस्तो लाग्थ्यो खै किन किन मलाई
शीतलता प्रदान गर्ने जवानीलाई पिऊँ लाग्यो ।।

एकान्तमा एक्लै एक्लै पीडा बोकी बसे पनि
तिम्रो आगमनमा मलाई लामो जीवन जिऊँ लाग्यो ।।

आधा, भरि बनिकन बल्झिएको प्रेमप्याला
सुटुक्कन दिल चोरी पुरै भराई दिऊँ लाग्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *