Skip to content

खुशि मन गरिकन आज पनि आएको छु
मायालुलाई आफ्नो भन्ने साथ सँधै पाएको छु ।।
मन थियो सँधै सँधै अँगालोमा बाँधिराख्ने
सायद रहर पुग्छ होला यहि सोचि धाएको छु ।।
सपनिमा मायालुको साथ बस्न पाँउदा
रमाई रमाई मिठो स्वरले गित मैले गाएको छु ।।
विछोडको शङ्का लाग्दा घोसे मुन्टो लाँउदै
मन्दिरमा हात जोडि मलिन मुख लाएको छु ।।
जिवनलाई खुशि बनाई सँधै जिउन खोज्दै
मायालुको साथमा बसि हजार कसम खाएको छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *