Skip to content

HomSuvedi

उपजातिमा पिन्जडाको सुगा

पिन्जडाको सुगा

छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
कस्तो छ यो भाग्य सकिन्न जानी
मेरो छ यौटा नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
मलाई यो मानवको समाज ।।

न पिन्जडाभित्र छ थोर चैन
खोजूँ कहाँ शान्ति यहाँ हुँदैन
न शान्तिको सास सकिन्छ फेर्न
संसार नौलो सकिएछ हेर्न ।।

न बन्धु छन् वा न त इष्टमित्र
रहेन त्यो शान्ति यहाँ म भित्र
ब्युँझो छँदा शान्ति यहाँ रहेन
निधाउँदैमा पनि पाइएन ।।

मेरा सबै बान्धव बाबु आमा
उड्छन् र बस्छन् वनका कुनामा
छन् ताप मेरा मनभित्र ऐले
व्यथा सबै कोसँग पोख्नु मैले ।।

दुःखेको छ स्वाभिमान

अहिले मेरो घरभित्र गोमन पसेको छ
मानौं मेरै थाप्लामाथि उल्का खसेको छ ।।

अस्पतालमा देशभक्त भर्ना भएका छन्
किनभने गोमनले तिनलाई डसेको छ ।।

बार छोरा तेर नाति

आलै छ मेरो अझसम्म घाउ
हे दैव चाँडो अब पार लाऊ
छन् बार छोरा अझ तेर नाति
धोक्रो छ मेरै अझ काँधमाथि ।।१।।

छोरी छ सानै अझ सानु छोरो
भन्दै बित्यो जीवन आज मेरो
दुख्दो छ मेरै अझसम्म छाती
धोक्रो छ मेरै अझ काँधमाथि ।।२।।

सम्पत्ति लाखौं ढुकुटी भरेको
रैतीहरूका शिरमा छरेको
उठ्ती अझै शेष छ लाख पाथी
धोक्रो छ मेरै अझ काँधमाथि ।।३।।

जम्मा गरें वैभव लाख जानी
खाँदै नपाएर बित्यो जवानी
चल्दैछ ऐले दुःखको खलाँती
धोक्रो छ मेरै अझ काँधमाथि ।।४।।

भोको हुँदै याम बिताइएछ
थुप्र्याउनै मात्र चिताइएछ
भागे हराए किन आज साथी
धोक्रो छ मेरै अझ काँधमाथि ।।५।।

के गर्नु राम्रो अब खानुहुन्न

विभक्ति वा अनुसर्गलाई शब्दबाट अलग लेखौं भन्नेलाई उत्तर

अनुसर्गबारे केही सिलोकः

अनुसर्ग रह्यो नाम शब्दका पछि आउँदा
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा ।।

वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।

एकाकार कतै हुन्छन् थपक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ जताततै ।।

यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।

जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
त्यसै कारकमा हुन्छ वाक्यको अनुशासन ।।

अदृश्य रूपमा बस्दै गर्ने वाक्य नियन्त्रण
त्यस्तो कारकमा बन्छन् विभक्ति मूर्त कारण ।।

प्रतिनिधित्व कर्ताको कहिले गर्न थाल्दछन्

सुसाइँलो

प्रभुमञ्जु पुत्री सविता बिहानको कलेज जान तयार परेर माथिबाट ओर्लिएर आउँदाआउँदै अचानक उसका आँखा भर्याङमुनि सुतेको सुसाइँलाको शरीरमा परे । गर्मी भएकोले सुसाइँलाले केही पनि ओडेको रहेनछ । उसले लगाएका लुगाले पनि अलिकति स्थानपरिवर्तन गरेको जस्तो थियो । यसैले सुसाइँलाको इज्जतले अलिकति खुला स्थानको दर्शन गरिरहेको थियो । सविताका आँखा पनि त्यहीं गएर अडिए । नदेखे जसरी ऊ अलिक पर गई । ब्यूँझियो कि भनेर उसले परैबाट विचार गरी तर ब्यूँझिएको थिएन ।

सेखासेख हुँदैनथ्यो

कहाँ हुनु देखादेख हजुरको र मेरो
कता हुनु लेखालेख हजुरको र मेरो ।।

नदेखेझैं गरी हिंड्थें सधैं एउटै बाटो
रेखारेख हुँदैनथ्यो हजुरको र मेरो ।।

एकार्कामा हिंडेका थ्यौं आफ्नो लक्ष्य बोकी
हुँदैनथ्यो छेकाछेक हजुरको र मेरो ।।

फागु खेल्ने बहानामा रङ्गका लोलाहरु
हुँदैनथ्यो फेंकाफेंक हजुरको र मेरो ।।

आज हामी एकार्काका पूरक जस्ता भयौं
रहेन त्यो सेखासेख हजुरको र मेरो ।।

भाषामा विभक्तिहरु छुट्याई लेख्ने मित्रहरुका लागि आग्रह

जोडमा तोडमा भिड्छन् व्यर्थैमा जोडतोडले
के हुन्छ जोड्नमा लाभ के हुन्छ हानि तोडले ।।

जोडेर लेखिए एक नजोड्दा भिन्न अर्थ छ
पुर्खाको योग्यता जाँच्ने अबको तर्क व्यर्थ छ ।।

फर्केर आऊ

भयो दूर प्यारी नजाऊ नजाऊ
उही प्रेम सम्झेर फर्केर आऊ ।।

थियौं एक जस्ता कसो के भएर
छ दूरी बढेको तुरुन्तै हटाऊ ।।

सके फर्क बाचाहरु सम्झिएर
नफिर्ने भए हाल सम्मन् सुनाऊ ।।

भयो जिन्दगी भेलको पात मेरो
मलाई प्रिये लौ किनारा लगाऊ ।।

बसेकै छु यो प्रेमको दीप बाली
छ कस्तो त्यहाँ हाल केही बताऊ ।।

सबै भोक तिर्खा कहाँ पूर्ण होलान्
सके ‌ओठमा ओठ मात्रै छुवाऊ ।।

चिठी एक लेख्यौ त्यसैमा खुसी छु
बसेको छ खाटो सुकेको छ घाउ ।।

मेरी आमाको सिउँलो पु्छिएको देखें

वैरीलाई पर परै छेक्ने कोही छैन
नेपालीको मनको बह देख्ने कोही छैन ।।

ठान्दा होलान् वैरीलाई भगाइन्छ यस्तो
सत्रहजार आफ्नै दाजु भाइ मारे जस्तो ।।

कलाकारको गाउँदा गाउँदै गलो बसेको छ
मित्रताको नाममा आज ब्वाँसो पसेको छ ।।

मित्र देख्नु पर्ने ठाउमा शत्रु लेख्न थालें
धरापमा मेरो देश मैले देख्न थालें ।।

देश थाम्ने युवा उतै ताबेदारी गर्छन्
ओखतीको थोपो बिनै आमाबाबु मर्छन् ।।

सपना पनि रगतले मुछिएको देखें
नेपालको सिउँदो मैले पुछिएको देखें ।।

लिपुनिर बाउको शिर तछारेको देखें
आमालाई माझ सडकमा पछारेको देखें ।।

मेची काली दुखेको छ

महाकाली दुखेको छ मेची दुखेको छ
किनकिन मेरो गलो आज सुकेको छ
राजै आज सुकेको छ ।।

लिपु मात्रै कहाँ हो र सुस्ता महेशपुरमा
मेरो देशको मुटु लुछ्न वैरी लुकेको छ
राजै वैरी लुकेको छ ।।

मित्र सम्झी मनको बह फोएँ मैले किन्तु
दिउसोमासै अर्ना राँगो हान्न फुकेको छ
राजै हान्न फुकेको छ ।।

स्वाभिमान र सार्वभौम गुमाएको देखी
मानौं मेरो सगरमाथा आज झुकेको छ
राजै आज झुकेको छ ।।
महाकाली दुखेको छ मेची दुखेको छ…….

सम्झनामा पारिजातः कृतिको भूमिका

१. पूर्वसन्दर्भः
स्वर्गीय बुद्धिप्रसाद घिमिरेसँगको चिनाजानी मेरा लागि आधा शताब्दी जति पुरानो हो । मेरा दाजु प्रा. राजेन्द्रका सहपाठीका हैसियतले वनारसमा नवीन छात्रावासमा बस्ता हाम्रो कोठामा उहाँको आतेजाते चलिरहन्थ्यो । ठट्टा गर्ने स्वभाव भएको कारणले उहाँ मेरा पनि अनन्य र घनिष्ट अग्रज साथी हुन पुग्नुभो— ई.१९७० बनारसमा बढ्न बस्तादेखिकै कुरा हो ।
पछि म मदन पुस्तकालय काठामाडौंमा हुँदा पनि उहाँसँग भेट भइरहेकै थियो । म झापा आएपछि र अलिकपछि ता सहकर्मीका रुपमा समेत यहाँ उहाँको सान्निध्यता रहन गयो ।

वनवासका अनुभूतिः संक्षिप्त परिचय

वनवासका अनुभूतिहरुः संक्षिप्त परिचय

‘वनवासका अनुभूति’ नामक कविता कृतिका साथ कवि दुष्यन्त भट्टराई पछिल्लो चरणका सशक्त कविका रुपमा उदाएका छन् । श्री बुद्धिप्रसाद घिमिरेको छैंटौं पुण्यतिथिको छेक पारेर गरिएको ‘कोकप्रतिभा निकुञ्ज काव्यगोष्ठी’ को अवसरमा आधुनिक महाकवि रमेश खकुरेलद्वारा इलाममा १९ गते कार्तिकमा विमोचित उक्त कृतिमा ६ दर्जन कविताहरु समेटिएका छन् । छन्दअभियन्ता डा देवी नेपालद्वारा भूमिका लेखिएको र कविका पिताबाट शुभाशीर्वादका रुपमा लेखिएको अग्रअंश पछि लेखकको केही कथनका साथ कविताको क्रम सुरु भएको छ ।

समवेदनापत्र

बस्नेत सर यातायात क्षेत्रका निकै नामी हुन् । उनका पिताको निधन भएको हुँदा छिमेकका मित्रसमूहले सममवेदना व्यक्त गर्ने निधो गरे । समवेदना तयार गर्ने जिम्मा संस्थाकी अध्यक्ष सुलोचनालाई लगाइयो । अनि उनले पनि आफ्ना पतिलाई यो जिम्मा लगाइन् र भनिन्-

“हेर्दा अलिक आकर्षक हुनु पर्यो । भरसक चाँदी जस्तो टल्कने फ्रेम नै लाइदिनू । सबैकोभन्दा राम्रो र आकर्षक हुनुपर्यो । पैसाको चिन्ता नगर्नू । माथितिर कविशिरोमणिको त्यो छ नि कवित्त ‘कालले टपक्क टिप्यो’ भन्ने, हो त्यो हालिदिनू । राम्रो रङ्गीचङ्गी र सानदार फोटो हुनु पर्छ मृतकको । राम्रो फोटो छानेर अनि हेरेर हालिदिनू । सबै मिलाउनू र लिएर आउनू । लु बेहोरा लेखिदिनू त ।”

इलाम

उज्यालो नबन्दै यहाँ नित्य आऊँ
र आई यहाँ एक गाना सुनाऊँ
नखाई अघाऊँ र खाई अघाऊँ
सुधा एक प्याला चियाको उघाऊँ ।।

अँध्यारै यता अन्तुमा सूर्य आई
चिसो याममा झन् चिसोले नुहाई
लुकी हेर्दछन् लोभिँदै नित्य घाम
सधैंकी तिमी अप्सरा हौ इलाम ।।

यहाँ ज्येष्ठको श्रेष्ठको मान हुन्छ
यहाँ नित्य सद् ज्ञानको गान हुन्छ
तिमीलाई देख्ता सधैं हे इलाम
मलाई भने स्वर्गकै हुन्छ भान ।।

जहाँ ईश आएर खोल्छन् कपाट
र मन्दाकिनी झर्दछिन् स्वर्गबाट
अँधेरै जहाँबाट झुल्कन्छ घाम
तिमी लाग्दछ्यौ स्वर्ग झैं हे इलाम ।।

कहाँ नित्य त्यो ईशको गान हुन्छ
कहाँ मृत्यु जित्ने सुधा पान हुन्छ

केही जर्खरिँदा (व्यङ्ग्य मुक्तक)

केही जर्खरिँदा सिलोक बटुली सञ्जालमा फाल्नु छ
जस्मा भाव र दोषका छिँड परे भिक्षा लिई टाल्नु छ
अहिले वाचनको छ भव्य महिमा चाहिन्न सद् लेखन
खोजी आज यता छ एक भरिया जस्ले गरोस् वाचन ।।

बालश्रम

“हेर्नुहोस् अँझ पनि म भनिरहेको छु । हाम्रो लागि यो बडो लाजलाग्दो कुरा छ । हाम्रो समाजबाट बालश्रमलाई कसरी निर्मूल गर्ने भन्ने कुरामा हामी धेरै सचेत छौ । वास्तवमा यो हाम्रा लागि मात्र नभई सारा दुनियाँकै लागि लाजमर्दो कुरा हो । बालश्रम र बाल शोषण जसरी पनि अन्त्य हुनुपर्छ ।”

“तपाईको भनाइ शतप्रतिशत सही हो । यसबाट हामीहरुले अन्तरराष्ट्रिय रुपमै इज्जत गुमाइरहेका छौ । होटलमा हेर्नु बालश्रमिक उत्तिकै छन् कारखामा हेरौ वा धरेलु कामदाका रुपमा हेरौ सवितर नै । बालबालिकाको सबै अधिकार पनि हामीहरुले लुटिरहेका छौ । उनीहरुले पढ्न पाउनु पर्ने खेल्न पाउनु पर्ने र अन्य समाजमा बसेर श्रमरहित जिन्दगी बाँच्न पाउने अधिकार पनि हामीले सबै बर्वाद पारिदिएका छौ ।”

विजया दशमी

रारा घुम्ने निहुँ सँग यहाँ पार्वती बस्न आऊन्
भोले बाबा त्यसपछि यतै बस्न पाई रमाऊन्
चौतारीका डिलनिर बसी बाँसुरी यो बजाऊन्
कान्छाकान्छी मधुर लयमा प्रेमका गीत गाऊन् ।।