Skip to content


रारा घुम्ने निहुँ सँग यहाँ पार्वती बस्न आऊन्
भोले बाबा त्यसपछि यतै बस्न पाई रमाऊन्
चौतारीका डिलनिर बसी बाँसुरी यो बजाऊन्
कान्छाकान्छी मधुर लयमा प्रेमका गीत गाऊन् ।।

अग्ला अग्ला हिमशिखर झैं गर्वले माथ चम्कोस्
सेवा गर्ने प्रणसँग सँगै त्यागको हात लम्कोस्
बाधा आई नजिक कहिल्यै मार्ग हाम्रो नछेकून्
नेपालीले सुख सयलका चम्किलो भाग्य देखून् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *