महाकाली दुखेको छ मेची दुखेको छ
किनकिन मेरो गलो आज सुकेको छ
राजै आज सुकेको छ ।।
लिपु मात्रै कहाँ हो र सुस्ता महेशपुरमा
मेरो देशको मुटु लुछ्न वैरी लुकेको छ
राजै वैरी लुकेको छ ।।
मित्र सम्झी मनको बह फोएँ मैले किन्तु
दिउसोमासै अर्ना राँगो हान्न फुकेको छ
राजै हान्न फुकेको छ ।।
स्वाभिमान र सार्वभौम गुमाएको देखी
मानौं मेरो सगरमाथा आज झुकेको छ
राजै आज झुकेको छ ।।
महाकाली दुखेको छ मेची दुखेको छ…….
