तिम्रो सम्झना


यो रातको बतासमा सुवास एक बल्झियो
तिम्रो सम्झना कतै गएर भित्र अल्झियो ।
यो रातको बतासमा……..

कसोकसो कता कता उनै उनै कुराहरू
बिथोल्न थाल्दछन् यतै घुमेर सम्झनाहरू
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र अल्झियो ।
यो रातको बतासमा……..

समालूँ कि समालूँ कि कहाँ समाली सक्नु छ,
भुलाऊँ कि भुलाऊँ कि कहाँ भुलाइसक्नु छ,
बेहोसको र होसको तरङ्ग क्यै त सुल्झियो
तिम्रो सम्झना जसै गएर भित्र अल्झियो ।
रातको बतासमा……..

–होम सुवेदी
भद्रपुर,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *