indragelal
केही मुक्तकहरु (प्रेमी भएर तिम्रो लागि)
प्रेमी भएर तिम्रो लागि, म हरामी भएछु,
सोचेर नानाथरी कुराहरु, म बिरामी भएछु ।
शायद चाहेजस्तो माया गर्न जानेनछु मैले ,
अनि आफैंले मन जलाएर म खरानी भएछु ।।१।।
हाम्रो माया दुनियाँलाई एउटा नयाँ कथा हुन्छ,
हरेक प्रेमील जोडीहरुमा चर्चा जतातता हुन्छ,
दुनियाँमा सस्तो माया सबैले नै गरेकै छन्
साँचो माया गर्नहरुको अब छुट्टै प्रथा हुन्छ ।।२।।
कठोर बाचा
हाम्रा ती कठोर बाचा भुलेर,
तिमीमा म आफैं अर्पीत भएछु ।
तिम्रो यौवनको बगैंचा डुलेर,
तिमीमा म आफैं समर्पित भएछु ।।
के गर्यौं र विघ्न हलचल जिन्दगीमा
सिवाय तितो प्रेमको निसाना,
छु अझै पागल पलपल जिन्दगीमा,
के बनायौ मलाई यस्तो दिवाना ।।
के भयो र हामीमा दिल खुलेर,
तिमीमा म आफैं त्रसित भएछु ।
तिम्रो यौवनको बगैंचा डुलेर,
तिमीमा म आफैं समर्पित भएछु ।।
यो कस्तो प्यास हो, या चाहना हो कि
आँखाले तिमीलाई खोजिरहन्छ,
या त पीर भुलाउने, कि बहाना हो कि,
संगमको मीठो साइत सोधीरहन्छ ।।
हराएछु म तिम्रै, मायामा घुलेर
तिमीमा म आफैं चर्चित भएछु,
तिम्रो यौवनको बगैंचा डुलेर,
बोल न साथी
किन हो किन, बुझ्नै सकिन आजकाल त बोल्दिनौ,
जीवनका कथा मनका व्यथा किन हो खोल्दिनौ
बोल न भनी भन्नलाई आज गाह्रो भो मलाई,
त्यो मनसंग नबोली बस्न साह्रो भो मलाई
नचिन्दा खेरि, नदेख्दा बरु बुझ्थ्यो कि मेरो मन
चिनजान हाम्रो त्यो पल राम्रो प्यारो भो मलाई ||
खै किन भयो, एक दिन थियो, भेट हाम्रो भएको
केहि थाहा छैन मन दुख्ने गरी नराम्रो भएको ||
तैपनि आजकाल हुँदैन भेट भाछैन गफगाफ,
भन न साथी यो मन धेरै, भइराछ निराश ||
जवानीको प्यास
जवानीको प्यास मेट्ने भए आऊ
मात्र एकान्तमा भेट्ने भए आऊ |
टाढाबाट हेरी धेरैचोटी भेट्यौं
दिलको संघारमा टेक्ने भए आऊ |
बाहिरी रुप यस्तै हो कति हेर्छौ अझै ,
बास्तविक भित्रि रुप देख्ने भए आऊ |
मलाई बिश्वाश छ, तिमीलाई’नि होला
मेरो नाम साँच्चै दिलमा लेख्ने भए आऊ |
मेरो लागि यहाँ हाम्फाल्ने छन् कति कति
दुनियाको भिडमा मलाई छेक्ने भए आऊ |
शत्रु हुन्छन् मनभित्रका बाहिर पनि जहाँ सुकै
बैगुनीलाई न्यानो गुनले सेक्ने भए आऊ |||
मनको कुरा
तिमि संग मनको कुरा गर्नु थियो सानु,
सिंगो जीवन संगै बाँची मर्नु थियो सानु।
जीवन हो महासागर यसको अन्त्य कहिँ छैन
दुवै मिली जिबन सागर तर्नु थियो सानु।।
जिन्दगीको फूलबारीमा सुगन्धित सुवास छर्दै
मुस्काउदै फुल्नु अनि झर्नु थियो सानु।।
अधुरो छ तिमि बिना दुनिया मेरो जताततै
सम्बन्धले खाडलहरू, भर्नु थियो सानु।।
एक अर्काको सहारामा चलेको छ दुनिया यो
मलाइ पनि तिम्रै भर पर्नु थियो सानु।।
जीसस क्राइस्ट श्रीकृष्णका भक्त थिए
संसारका जुनसुकै सम्प्रदायका धर्म अनुयायी भए पनि उनीहरूलाई आफ्नो धर्मको सत्य स्वीकार्न अत्यन्त कठिन हुन्छ।वर्तमान समय धार्मिक कट्टरताको प्रतिस्प्रदा होभन्दा सायद गलत नहोला। यो सत्त्य हो कि, कुनै पनि मानिस आफ्नो धर्मको यथार्थ जान्न नै चाहदैन। किनकि उसको जीवनमा आजसम्म बनेको धार्मिक विश्वासमा ठेस पुग्दछ। स्वयं आफू असहाय भएको अनुभव हुन सक्ने संभावना प्रवल हुन सक्छ।किनभने बचपनदेखी हालसम्म उसले जे जति सिक्यो या जान्यो त्यो सबै गलत सावित भैदिन्छ। इशा भगवान कृष्णको भक्त थिए भनी व्यख्या गर्नुभन्दा पहिले यहाँ विभिन्न समयमा विभिन्न अन्वेशकहरूले खोज अनुसन्धानको आधरमा प्रस्ट्याएका तथ्यहरूलाई प्रस्तुत गर्द्छु।
मेरो देश
के भो यो देशमा आज कसले गर्यो कस्तो अतिरन्जित यो |
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||
चार वर्ण छत्तीस जातको साझा फुलबारी यो हाम्रो देशमा
बिबिध जात किन दलित, जनजाति, मधेशी र पण्डित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||
हिमाल-तराई र मेची-महाकाली थियो एउटै नाम नेपाली,
सुन्दर शान्त बिशाल प्यारो देश टुक्रा टुक्रामा खण्डित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||
स्वतन्त्र स्वाभिमानी नेपाली जनता, गगनमा उड्ने पक्षी झैं
तिनै नेपाली बिना अर्थ आ-आफ्नै घरमा थुनिएर बन्धित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||
