Skip to content

तीन मुक्तक (खोजी, कोही, कसरी भनौं?)


खोजी

खोज्दै छु कहाँ छौ, हरायौ कि कतै,
अर्कै कुनै संसार मन, परायौ कि कतै ।
लाग्छ सधैं भेटिरहुँ, मनको मझेरीमा
भाग्छौ किन गोरेटोमै, डरायौ कि कतै ।।१।।

कोही

मेरो पनि आफ्नो मान्छे बनी देओस कोही
‘मेरो संसार तिमी नै हौ’ भनी देओस कोही,
शहरभित्र हराएर आफैलाई नभेट्दामा
उसकै मनमा रमाएको मानी देओस कोही ।।२।।

कसरी भनौं?

मनमा कुरा धेरै आउँछन्, खै कसरी भनौं ?
थरीथरी रहर छाउँछन्, खै कसरी भनौं ?
डर लाग्छ मान्छे देखि, मान्छेकै दृष्टि देखि
कस्ता कस्ता नजर लाउँछन्, खै कसरी भनौं ? ।।३।।

dreamingelal@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *