एक
आजभोलि सपनीमा तिम्रै छायाँ देख्छु,
मनभरि र मुटुभरि तिम्रै माया देख्छु
के हो यस्तो पागलपन, मलाई मात्र हो कि
जताततै तिमीलाई नै दायाँ बायाँ देख्छु
दुई
बनुँ हरेकपल म याद हजुरको
पाउँ हरेकपल म साथ हजुरको
लाग्छ बिताउँ जीवन, जुनी जुनीसँगै
होस् काख मेरो र माथ हजुरको ।
