Skip to content

जबसम्म तिम्रो आँट हराइरहन्छ


जबसम्म तिम्रो आँट हराइरहन्छ
तब रोई रोई देश कराइरहन्छ ।

किन जान्छौ खाडी र मरुभूमिमा
सन्तान बिना देश डराइरहन्छ ।

देशलाई सराप्दै बिदेशिन्छौ तिमी,
अनि देशको छाती चहराइरहन्छ ।

बिदेशमा पौरखले शिर उठाइरहंदा,
यो देशलाई दलालले लडाइरहन्छ ।

यदि तिमी देशलाई मन पराउँछौ भने,
देशले पनि तिम्लाई मन पराईरहन्छ ।

– इन्द्र प्रसाद गेलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *