जबसम्म तिम्रो आँट हराइरहन्छ
तब रोई रोई देश कराइरहन्छ ।
किन जान्छौ खाडी र मरुभूमिमा
सन्तान बिना देश डराइरहन्छ ।
देशलाई सराप्दै बिदेशिन्छौ तिमी,
अनि देशको छाती चहराइरहन्छ ।
बिदेशमा पौरखले शिर उठाइरहंदा,
यो देशलाई दलालले लडाइरहन्छ ।
यदि तिमी देशलाई मन पराउँछौ भने,
देशले पनि तिम्लाई मन पराईरहन्छ ।
– इन्द्र प्रसाद गेलाल
