Skip to content


अर्थहिन
औचित्य हिन
संवाद विहीन
हल नभएका
मात्र समस्याका खातहरू
विवादहरू

अनगिन्ती बैठकहरू
सभा समारोहहरू
चर्का नारा, चर्का भाषणहरू
झुठा कसंम, झुठा आश्वासनहरू
किनिएका, बेचिएका भोटहरू
रगतले रंगिएका नोटहरू
र रंङ्ग्याउने, चिल्ला कोटहरू

लाजपचाईएका प्रयासहरू
पाँच वर्षमा एकचोटिका भिखारीहरूले
जोडेकाहातहरू
माग्नेका औकातहरू
मनभित्रका तनावहरू
विवादहरू

बोक्सी र धामिका खेलहरू
देखावटि मेलहरू
नियमित जालझेलहरू
आयातित पंचहरू
स्वयंसेवकहरू
स्वयमका सेवकहरू
अघोषित फैसलाहरू
यी अगुवा भनाउदा, अगुवाहरू
बाटो हगुवाहरू
यो राजनीति:-
सधै दुखिरहने
सधै कन्हाइरहनुपर्ने
कुठाँऊमा निस्किएका
बाँदरका दादहरू
विवादहरू

धारा बिनाका कानूनहरू
पाना बिनाका किताबहरू
अक्षरबिनाका संविधानहरू
भाग्य नलेखिएका ललाटहरू
असफल असफलताहरू
असक्षम अभिभावकका अनाथहरू
कान बिनाका बातहरू
हावै नचलि हल्लिने पातहरू
सहमति भनेको त:-
रुष्ट दुलहीसंगको सुहागरातहरू
समय, सपानाको बर्बादहरू
भारा थाम्न खोज्ने
अलक्षिनी काँधहरू
विवादहरू
मात्र विवादहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *