म पहिले तिम्रो धुनमा हुन्थें
त्यसैले सधै मनसुनमा हुन्थें
साथीहरू गजल सुन्न आउदा
म चोटहरूको बिस्कुनमा हुन्थें
एक झलक हेर्न तिमीलाई म
सिफारीस र भनसुनमा हुन्थें
के थियो साच्चै औकात मेरो
म पितलमा वा सुनमा हुन्थें
उस्ले मलाई तारासँगै खोजिछे
म औँशीको रात जुनमा हुन्थें
म पहिले तिम्रो धुनमा हुन्थें
त्यसैले सधै मनसुनमा हुन्थें
