Skip to content

तिमी र बिजुली


तिमी जस्तै
ठ्याक्कै तिमी जस्तै
घुर्क्याउने, नाप्पिने र च्याठिने
कहिले भर पर्न नपाइने
तिमी वाहेक मेरो अर्को कम्जोरी छ
कि तिमी कि बुजिली छ

ऊ आउछे
जान्छे
मनलागेको बेला
मुड चलेको बखत
आउनुभन्दा अगाबै जाने समय तोकेर
तिमी जस्तै
कहिले राती नबस्ने सर्तमा

अँध्यारोभन्दा अगाडि
घाम डुब्नुभन्दा पहिले जानुपर्छ भन्दै
आमाको नियम, बाऊको कानून
आउनभन्दा जान हतारिदै
कामलाई बिचमा रोकेर
भावनाको हत्या गरेर
चाहनामाथि कुठाराघात गर्दै
यो सबै सहिदिनु पर्ने
तिमी जस्तै
मेरो अर्को मज्बुरी छ
यदाकदा आउने बिजुली छ

एकाधिकारतन्त्र
हप्काउने, धम्काउने
कहिले आउदिन भन्दिने
मनपर्दी नियम, मनःस्थिति परिवर्तन
कहिले सुतिसकेपछि
कहिले उठ्नुभन्दा अगाडि
बहिर निस्केपछि
घर छोडेंपछि
मात्र उस्को सवारी हुन्छ
जहाँ उसैको छ दोष
अनि उसैबाट उर्दी जारी हुन्छ
र मलाई बाध्यताबस
मौसुफको हुकुम झै
मान्नु पर्ने जरुरी छ
तिमी जस्तै बेइमानी यो बिजुली छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *