Skip to content

म आफू भित्र
लादेन, अल्काईदा र शोभराज
पालेर
बाहिर बुद्दको उपासना गर्छु
अनि चिच्चाएर कराएर
घाटि फुट्ला झै गरी
दुनियालाई सुनाउछु,
भन्दै हिन्छु
शान्ति कता गयो

म बोली पिच्छे
एके ४७ पड्काउछु
मेरो सोचहरूमा बारुद गनाउछ
मेरो मस्तिष्कले
षडयन्त्र रचिरह्न्छ
म अरुको घरमा बम पड्किएको
कल्पना गर्छु
दाजू भाइलाई जुदाउछु
ताली बजाउछु
मर्न मार्न सिकाउछु
अनि
अनुहारको मुखुटो उतार्दै
सब्य हुन्छु
कराउदै, बर्बबराउदै भन्छु
हामी भित्रको बुद्द्त्व कता गयो
शान्ति कता गयो

मेरो व्यबहारमा आंतक छ
बिचारमा युद्द छ
मलाई हरेक दिन
लड्न सिकाइन्छ
अरुलाई उछिन्न
खुट्टा तान्न
पेट्रोलको लाम देखि
बल्खुको जामसम्म
मैले सधैं
आंतक सिद्धान्तको प्रयोग गर्नुपर्छ
त्यसैले म बुद्दभन्दा
युद्द बढी सम्झिन्छु, पढ्छु
तर
अमन, चमन सुव्यवस्था
चाहान्छु, माग गर्छु
बुझ्छु, सुन्छु सधैं त्यही
ज्ञान कता गयो
शान्ति कता गयो

First published : 2014-05-14 18:23:54 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *