Skip to content

rajneps

बढी भो नभन्नु तिमी

मैले पिएको रक्सीको मात बढी भो नभन्नु तिमी
सुर छाडेर गरेको बात् बढी भो नभन्नु तिमी

मनको पीडा डाहा मार्न पिएको मात्र हो मैले
थुक्क यो जँडियाको जात् बढी भो नभन्नु तिमी

कलियुगका मानव

निर्भयी निर्दयी अघोरी यी मानव ।
यत्रतत्र छरप्रस्ट कलियूगका दानव ।।
ब्यबहार उस्तै आनि उस्तै छ आकृति ।
दिदैन फेर्न यिनले ज्ञानको नौलो जागृति ।।

किन किन कापी र कलमको तालमेलै जुटेन

भक्ति र आराधान पनि गरेकै थिय ।
पुस्तक पुस्तिका मा अक्षता छरेकै थिय ।।
खै ज्ञान र बुद्धी को मुल नै फुटेन ।
किन किन कापी र कलमको तालमेलै जुटेन ।।

नयन्का तिखा बाँण

नयनका तिखा बाँण हानेपछि फेर्यौ बाटो
तिम्रै प्रेममा पागल भए जानेपछि फेर्यौ बाटो

लुका छिपी खेल्न थाल्यौ घायल यो मन बनाई
नसालू त्यो जवानी ले तानेपछि फेर्यौ बाटो

मर्नु कि बाँच्नु

बिरानो ठाउँ चर्को घाम पसिना खल्-खल् थियो
थकित बदन भोको पेट प्यास् कल्-कल् थियो

अभागि यो कर्म धाऊदैमा टाढा सारेर सरेन
प्यारो गाऊँ जन्मेको ठाउँ याद् झल-झल थियो

बिछोडमा तिम्रो

मैले पिएको रक्सीको मात बढी भो नभन्नु तिमी
सुर छाडेर गरेको बात् बढी भो नभन्नु तिमी

मनको पीडा डाहा मार्न पिएको मात्र हो मैले
थुक्क यो जँडियाको जात् बढी भो नभन्नु तिमी

तिम्रो कल्पनामा

त्यो मीठो कुरा, चंचल बानी रमाइलो सम्झना
मिठो निद्रा, सुन्दर सपना अनि तिम्रो कल्पना

सुटुक्क लेखिरहेछु, शब्दहरू चोरी चोरी
खाली कागज साजाउँदैछु, शब्दहरू कोरी कोरी

लूट फैलाउदै छन साथी

नेता रुपी दानवले लूट फैलाउदै छन साथी
कुर्चीको प्यस मेटाउन झुट फैलाउदै छन साथी

जंगलदेखि सरकारसँगै एक्लौटी राज यिनको
तलब भात्ता पचाउन गुट फैलाउदै छन साथी

गरिबी चोला

जन्मेर हुर्की बडेको ठाउँ छाडेर जाँदैछु
मनमा केबल सबैको माया बाडेर जाँदैछु

सकिन झेल्न दु:खको भारी बसेर गाउँमा
त्यसैले कम्मर कसेर हिँड्ने बिरानु ठाउँमा
देऊ बिदा आमा लगाई टिका हँसिलो मुखले
फर्केर आई राख्नेछु सदा तिमीलाई सुखले
नदुखाऊ मन यस्तै नै रैछ गारिबी चोला यो
सुक्लानी हेरौ बुझाऊ मन दु:खको खोल यो

कम्जोर ठान्यौ कि क्या हो ?

आँफैलाई कम्जोर ठान्यौ कि क्या हो ?
जीवनदेखि हरेश मान्यौ कि क्या हो ?

आँफै छान्नुपर्छ जीवनमा रंङ्गहरू
कालो रातको अन्धकार छान्यौ कि क्या हो ?