अन्यौलमा हात दियौ
जवानीमा साथ दियौ
एउटा मीठो मात दियौ
विश्वास गर्दा घात दियौ
रम्ने छैन कल्पनामा
आउने छैनौ सम्झनामा
टोलाउने छैन गोधूलिमा
बोलाउने छैन सपनीमा
देख्ने छैन कुनै, सपना म
लेख्ने छैन कुनै, कविता म
आँफैदेखि टुटिसके
आफ्नैदेखि लुटिसके
गन्तब्यदेखि चुकिसके
आँफैदेखि झुकिसके
इच्छा अब केही छैन
निको हुने घाऊ छैन
चोट लग्ने ठाउँ छैन
तिम्रो कुनै नाउ छैन
हेर्ने छैन अतीतलाई
देख्ने छैन तिमीलाई
समल्ने छु आफूलाई
भुलाउने छु तिमीलाई
