Skip to content

बढी भो नभन्नु तिमी


मैले पिएको रक्सीको मात बढी भो नभन्नु तिमी
सुर छाडेर गरेको बात् बढी भो नभन्नु तिमी

मनको पीडा डाहा मार्न पिएको मात्र हो मैले
थुक्क यो जँडियाको जात् बढी भो नभन्नु तिमी

तिम्रै कारण ले लाचार थिएँ म रून यहाँ
यो दुई कौडीको झारपात् बढी भो नभन्नु तिमी

बिछोडमा तिम्रो लेखेको हूँ गजल यी सारा
फगत कोरा कगजको खात् बढी भो नभन्नु तिमी

शायद अन्तिम् पल्ट हुदैछ मिलन यो हाम्रो
यो छोटो पलभरको साथ् बढी भो नभन्नु तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *