मैले पिएको रक्सीको मात बढी भो नभन्नु तिमी
सुर छाडेर गरेको बात् बढी भो नभन्नु तिमी
मनको पीडा डाहा मार्न पिएको मात्र हो मैले
थुक्क यो जँडियाको जात् बढी भो नभन्नु तिमी
तिम्रै कारणले लाचार थिए म रून यहाँ
यो दुई कौडीको झारपात् बढी भो नभन्नु तिमी
बीछोडमा तिम्रो लेखेको हूँ गजल यी सारा
फगत कोरा कगजको खात् बढी भो नभन्नु तिमी
शायद अन्तिम् पल्ट हुँदैछ मिलन यो हाम्रो
यो छोटो पलभरको साथ् बढी भो नभन्नु तिमी

Very Good I like it so much
Very Good I like it so much