आँफैलाई कम्जोर ठान्यौ कि क्या हो ?
जीवनदेखि हरेश मान्यौ कि क्या हो ?
आँफै छान्नुपर्छ जीवनमा रंङ्गहरू
कालो रातको अन्धकार छान्यौ कि क्या हो ?
चोट त कति छन् जीवनमा सानु
आँफैलाई तिखो छुरा हान्यौ कि क्या हो ?
बुझेरै नसकिने बिशाल सगर हो जीवन
जीवनको ऋत सबै जान्यौ कि क्या हो ?
