Skip to content


जन्मेर हुर्की बडेको ठाउँ छाडेर जाँदैछु
मनमा केबल सबैको माया बाडेर जाँदैछु

सकिन झेल्न दु:खको भारी बसेर गाउँमा
त्यसैले कम्मर कसेर हिँड्ने बिरानु ठाउँमा
देऊ बिदा आमा लगाई टिका हँसिलो मुखले
फर्केर आई राख्नेछु सदा तिमीलाई सुखले
नदुखाऊ मन यस्तै नै रैछ गारिबी चोला यो
सुक्लानी हेरौ बुझाऊ मन दु:खको खोल यो

देऊ बिदा बाबा खोलेर दिल हृदय फुकाई
नबस्नु बाबा सम्झी मलाई नजर झुकाई
मनिसको चोला यस्तै रैछ गरीबको जिन्दगी
कमाई धन तिरौला ऋण फुकाउला बन्दकी
जा भनी बाटो फुकाइदेऊ बाबा अशीर्बाद दिएर
राख्ने छु माया सजाई मनमा जादैन खीएर

लागेँ है बाटो प्यारी नदुखाउनु तिम्रो मन
फर्कुँला चाडै आउँला घर कमाएर धन
मन ढरो पार प्रिय बिदाईको बेला
यस्तै रैछ बुजाउ मन करिमको खेल
आँखाको आशु पूछेर सानु देऊ बिदा मलाई
झरेर आशु नबस प्रिय हृदय जलाई
घरको सबै जिम्मा है तिम्रो छाडेर जाँदैछु
दु:खको भारी झोलामा तिम्रो भरेर जाँदैछु

लागे म बाटो छाडेर गाउँ पर्देशी हुनलाई
सजाइ स्वप्न गरीबी चोला धनले धुनलाई
भाबीको लेखा फेरिँदो रैन्छ यो मनले चाएर
सकिने रैनछ निभाउन बाचा कसम खाएर
सबैको मन मारेर बाटो लागेर जाँदैछु
दैबको सामु खुशीको भिख मागेर जाँदैछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *