नयनका तिखा बाँण हानेपछि फेर्यौ बाटो
तिम्रै प्रेममा पागल भए जानेपछि फेर्यौ बाटो
लुका छिपी खेल्न थाल्यौ घायल यो मन बनाई
नसालू त्यो जवानी ले तानेपछि फेर्यौ बाटो
देखाई झुटो प्रेम मलाई खेल्यौ तिमी रमाएर
यो मनले तिमीलाई छानेपछि फेर्यौ बाटो
लाग्यो शायद जीवन भर तिम्रै भर पर्छु अब
जीवन साथी तिमी लाई ठानेपछि फेर्यौ बाटो
खोजी राथे चोखो माया देखाइ दिऔ आशा
सम्हालेर पाइला मेरा धानेपछि फेर्यौ बाटो
