Skip to content

मर्नु कि बाँच्नु


बिरानो ठाउँ चर्को घाम पसिना खल्-खल् थियो
थकित बदन भोको पेट प्यास् कल्-कल् थियो

अभागि यो कर्म धाऊदैमा टाढा सारेर सरेन
प्यारो गाऊँ जन्मेको ठाउँ याद् झल-झल थियो

जलन थियो बिछोडको पीडा घरकै सम्झना
बुझ्दैन मन् रसाउछन आँखा आँशु छल-छल थियो

बन्धकी घर-बार रीनको थूप्रो गडेछ यो पाउ
नसकिने नपार लग्ने अनौठो यो दल-दल थियो

जीवनमा संघर्षको मोल केही नपाएपछि
मर्नु कि बाँच्नु म यहाँ दुबिधा पल्-पल थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *