Skip to content

लूट फैलाउदै छन साथी


नेता रुपी दानवले लूट फैलाउदै छन साथी
कुर्चीको प्यास मेटाउन झुट फैलाउदै छन साथी

जंगलदेखि सरकारसँगै एक्लौटी राज यिनको
तलब भात्ता पचाउन गुट फैलाउदै छन साथी

कानुनभन्दा माथि आँफै देखाउनलाई सम्बिधान्
एकछत्र राजको लागि छुट फैलाउदै छन साथी

यो देशको ढुकूटी मा गडिरा’ छ आँखा यिनको
सकेजति कुम्लाउन लूट फैलाउदै छन साथी

लडाउदै सोझा जनता सिंहासनमा चढ्न आफू
दाजुभाइमा यिनले फूट फैलाउदै छन साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *