Skip to content

जिउँदै मरेर गयौ


यो छातीमा बिष भरेर गयौ
घाऊमा नुन चुक छरेर गयौ

सावनको त्यो बर्खे भेलमा सानु
आफू एक्लै खोली ततेर गयौ

रँगाएर सिउँदो त्यो पराइको हात
बिना कारण बदनाम् गरेर गयौ

अजम्बरी मखमली चोखो प्रेम हाम्रो
कोपिलामा आज आँफै झरेर गयौ

बैशमा पालै-पालो रमाएछौ अति
भमराझै फूलको रस चरेर गयौ

भुलाउनेछु तिम्रा आतितका याद सबै
मेरा लागि तिमी जिउँदै मरेर गयौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *