बेहोस भन्दा जाओस् बरू सातो अलिकित
चाहिएको छ सिरेटोमा तातो अलिकित
कति गर्नु आराधाना ब्रत बसी-बसी
माग वरु शिवजीसँग बाटो अलिकित
मैले मात्र कति दिनु मन खाली भो
आस गर्छ लोभी मन साटो अलिकति
अघि बढ्न बिगतलाइ भूल्नुपर्छ रे
मन पार्नु अबदेखि रातो अलिकित
ममताको सागर तर्नु कल्पनाको डुङ्गाबाटै
किन खोज्छस् सन्तोष तैले नातो अलिकित
