काठमाडौँको त मति अँध्यारो
छन चिल्ला गाडी जति अँध्यारो
त्यो सिंहदरबार घण्टागर
ठुला-ठुला महल अति अँध्यारो
थोत्रो पाटीमा त प्रकाश छ
आशुतोष पशुपति अँध्यारो
स्यम्भुका आँखाहरू पोतिएछ
मोतीको चहक ज्योति अँध्यारो
सन्त्रासले हेर्छ धरहराले
सन्तोष नै छैन कति अँध्यारो
रचना मिति :-२०६४/०६/२० यलादी
सन्तोष काफ्ले “स्पन्दन”
ने.रा.ग. प्र.(जिल्ला शाखा स्याङ्गजा)
www.syanghasahitaya.wordpress.com
