Skip to content

कम्मर कसौं जस्तो


तिमी समीप आइदिंदा तिमीसँगै बसौं जस्तो
तिमी ओझेल हुन लाग्दा भिरबाट खसौं जस्तो

कल्पना मै डुबिसके तिमी अन्तै धाउने गर्छौ
पाउन अब तिमीलाई लाग्छ कम्मर कसौं जस्तो

मायाजालमा परेर नै पागल भैइ हिंडछन कति
मलाई भने झनै लाग्छ मायाजालमा फसौं जस्तो

माया गर्नु हुन्न यो त आँफै बस्छ भन्थ्यौ तिमी
त्यही माया पाउन लाग्छ मुटु भित्रै पसौं जस्तो

तिमीलाई आफ्नो भन्नेहरू जताततै देख्न पाउँदा
लाग्न थाल्छ ती सबैलाई सर्प बनी डसौं जस्तो

खरानी सरह बन्न पुगे अनमोल यी सपनाहरू
किन लाग्छ त्यही खरानी अनुहारमा घसौं जस्तो

Leave a Reply

Your email address will not be published. Required fields are marked *