Skip to content

अन्तै गयौ किन?


एउटै ठाउँको बसाइ हाम्रो सारी अन्तै गयौ किन?
आँखा भित्र आँशु मात्रै भरि अन्तै गयौ किन?

तिमी पनि रुन्छ्यौ होला एकान्तमा कहिलेकाही
काम दुबै रोई बस्ने गरी अन्तै गयौ किन?

भनेकै त थिए मैले साथ दिउला जीवनभरि
आज अर्कैको भरमा पारी अन्तै गयौ किन?

मरभुमी यो जीवन भयो उजाड भए सपनाहरू
हरियाली जीवन छँदा चरी अन्तै गयौ किन?

तिम्रो मेरो बिछोडले केही दिनमा मर्छु होला
लाशसँग नभन्नु ल मरी अन्तै गयौ किन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *