Skip to content

जता तिमी बोलाउथ्यौ म त उतै आए हजुर


(यो गजल माथि भएको “अर्कैको पो राज् भयो” भन्ने गजलको प्रतिउत्तर हो ।)

मेरो संसार तिमी नै हौ भन्ने गीत गाएँ हजुर
तिम्रै मनको बगैचामा बसन्त झैं छाएँ हजुर

तिम्रै न्यानो अँगालोमा रमाइरहुँ जस्तो लाग्दा
जता तिमी बोलाउथ्यौ म त उतै आएँ हजुर

तिम्रै माया चोखो ठानी आएथें म भेट्न तिमीलाई
तिम्रो सामु पुग्दा तिमीलाई अर्कैसँग पाएँ हजुर

फूल जस्तै माहुरीलाई लोभ्याउदै हिंडें हुँला
रस चुस्ने तिमीबाट ठुलै धोका खाएँ हजुर

रक्सी पिई गाली गर्थ्यौ अरु मेरो को थ्यो र खै?
त्यसै बेदनाले गर्दा अन्तैतिर धाएँ हजुर

भट्टीभित्र रक्सी बेच्ने साहुनीलाई आफ्नी भन्थ्यौ
अर्कै जीवनसाथी खोज्दा मैले के बिराएँ हजुर

मलाई देख्दा रक्सी पिउने बानी तिम्रो छुटोस भनी
बिरनो एक परदेशीसँग मैले माया लाएँ हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *