Skip to content

दुनियाँको बात लाग्यो


जीवन मैले सुख ठाने दु:ख मात्र हात लाग्यो
राम्रै नाता जोडन खोज्दा दुनियाँको बात लाग्यो

सोचे जस्तै हुन्न रैछ चेतनशिल मान्छे पनि
मान्छे नभै पशु भन्दा तलको त्यो जात लाग्यो

हिजोसम्म सदर थियो जुन नाता तिमी बाट
आज त्यही नाता किन घातमाथि घात लाग्यो

सुख को बिउ ठानी रोपे दु:ख बनी उम्रियो त्यो
जिन्दगी त नशा रैछ नाता पनि मात लाग्यो

दु:ख जति सँग ले’र दिनु खुशी दिए उनलाई
मनले धान्नै नसक्ने ती दु:खै दु:खको खात लाग्यो

मसँग आजदेखि नबोल्दा नि हुन्छ भन्दा
माथि सूर्य हुँदा हुँदै मलाई किन रात लाग्यो

फुटेको त्यो ऐना सरि सपना भता भङ हुँदा
हावा सँगै उँडी जाने जिन्दगी त पात लाग्यो

1 thought on “दुनियाँको बात लाग्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *